संगालोखबर सम्वाददाता
धनकुटा अस्पतालमा घाइतेको उपचार गरिदै । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ सिंहदेवीमा आज दिउँसो ट्याक्टरको ठक्करबाट टेम्पुमा सवार तीन जना घाइते भएका छन् । धनकुटाबाट पाख्रीवासतर्फ जाँदै गरेको को.२ ह ७२४९ नम्बरको टेम्पुलाई फलाटेबाट हार्डवेयरको सामान बोकेर धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १५५० नम्बरको ट्याक्टरले दिउँसो करिब ४ बजे ठक्कर दिएको हो ।

ठक्करबाट टेम्पु चालक पाख्रीवास–३ का ३१ बर्षीय बलबहादुर मगर, टेम्पुमा सवार पाख्रीवास–५ का कमला थापा र उनकी छोरी २२ बर्षीया दिपा घाइते भएका छन् । जिल्ला अस्पताल धनकुटामा घाइतेहरुको उपचार भइरहेको छ । दिपाको नागरिकता बनाउँन आमा–छोरी धनकुटा सदरमुकाम आएर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।

Advertisement

दुर्घटनापछि ट्याक्टर चालक धनकुटा–९ बेलहाराका २५ बर्षीय जितबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टरको ठक्करबाट टेम्पु सडकबाट डिलमुनी पल्टिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!