- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दमारसहित आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण गरिएको हो ।

Advertisement

३३ लाख ६६ हजारको लागतमा निर्माण गरिएको सो भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले रिवन काटेर तथा सिलालेखमा राखिएको पर्दा उघारेर भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालले दमारसहित आसपास क्षेत्रका सर्वसाधरणका लागि गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँन स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताए । सबै नगरबासीले सहज रुपमा स्वास्थ्य सेवा पाउँने वातावरण मिलाउँन नगरपालिका लागिपरेको भन्दै मेयर नेपालले उपचार नपाएकै कारण कुनैपनि नगरबासीले मृत्युवरण गर्नुपर्ने अवस्था आउँन नदिने प्रतिवद्धता जनाए ।

सो आधारभूत स्वास्थ्य केन्द्रमा अहिले दुई अहेब र एक जना कार्यालय सहयोगी छन् । दमार आसपास क्षेत्रका सर्वसाधरण सामान्य विरामी हुँदा उपचारका लागि चानुवाको वुधवारे पुग्नुपर्ने वाध्यता थियो । अब, दमारबाटै आधारभूत स्वास्थ्य सेवा पाउँने भएपछि सो क्षेत्रका बासिन्दालाई सहजता मिलेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!