संगालोखबर सम्वाददाता

झापा । झापाको दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्णबहादुर बिष्ट र पछाडी सवार उनकी श्रीमति ३६ बर्षीया भिमा बिष्ट छन् ।

Advertisement

राती सभा १० बजे पश्चिमतर्फ आउदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले बिपरित दिशाबाट आईरहेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुवै जना गम्भीर घाइते भएका थिए । उपचारका लागि दमकस्थित लाईफ लाईन अस्पताल लगिएको भएपनि अस्पताल पुर्याउँनासाथ चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सुरुङ्गामा होटल हेवन सञ्चालन गर्दै आएका उनीहरु घुम्नका लागि हिजो बिहान भेडेटार गएका थिए । त्यहाँबाट फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनापछि फरार भएको ट्रक र चालक विराटनगर–४ का ४८ बर्षीय सुजन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!