- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । इलाममा आफ्नै छोराको कुटाइबाट घाइते भएका एक बृद्धको गएराती मृत्यु भएको छ । छोराले कुट्दा गम्भीर घाइते भएका इलामको देउमाई नगरपालिका–२ पुङफुङका ८५ बर्षीय टेकबहादुर मुखियाको मृत्यु भएको हो ।

गत बिहिबार ३४ बर्षीय छोरा गिर्जमानले घरयासी बिबादका क्रममा वुवा टेकबहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट बृद्ध टेकबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

Advertisement

त्यहाँ उपचार हुँन नसकेपछि फर्काएर घर ल्याउँने क्रममा गएराती ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटको घटनापछि प्रहरीले छोरा गिर्जमानलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

कुटपिटबाट घाइते भएका वुवाको मृत्यु भएपछि अब मुद्दा फेरेर छोरालाई कर्तब्य ज्यान मुद्दा दर्ता गरिने इलामका प्रहरी प्रवक्ता डिएसपी गंगा थापाले बताए । ‘सुरुमा कुटपिटबाट घाइते भएकाले कुटपिट गर्ने छोरालाई हामीले अभद्र व्यवहारको मुद्दा चलाएका थियौ,’ डिएसपी थापाले भने, ‘घाइते वुवाको मृत्यु भएकाले अब कर्तब्य ज्यान मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाउँछौं ।’

कुटपिटको कारण खुल्न वाँकी छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!