- संगालोखबर सम्वाददाता


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षण गर्दा ४५७ जना र ७६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र तेह्रथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४–१४, कनकाईमा १२, बाहदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा ३–३, भद्रपुर र बुद्धशान्तिमा २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैंचा र उर्लाबारीमा १४–१४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनबर्षीमा २–२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा १–१ जना संक्रमित भएका छन् ।

सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जु, दुहवी र बराहक्षेत्रमा २–२ र गढीमा १, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकामा १, संखुवासभाको खाँदबारी र धर्मदेवीमा २–२ तथा तेह्रथुमको म्याङलुङमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी नगरपालिकामा १, खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १–१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

यसैबीच, प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०६ महिला र १४६ पुरुष छन् । यता, प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ महिला र ४ पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!