- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्कमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीले ढालेको रुखको हाँगाले लागेर स्थानीय ५७ बर्षीया टंकमायाँ पुलामीको मृत्यु भएको हो ।

Advertisement

आइतवार दिउँसो साढे ३ बजे आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा छिमेकी १५ बर्षीया निर्मला गुरुङले रुख ढाल्दा हाँगाले लागेर टंकमायाँ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि इटहरीस्थित सैनिक अस्पताल पुर्याइएको थियो । उनका छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनलाई उपचारका लागि सैनिक अस्पताल लगिएको हो ।

उपचारकै क्रममा राती ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक काँसीनाथ रेग्मीले जानकारी दिए । मृतक पुलामीको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!