- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार १२६ जनाको पीसीआर परीक्षण गर्दा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षण गर्दा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र तेहथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

Advertisement

झापाको विर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७–१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७–७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बाहदशीमा २, गौरीगञ्ज र गौरादहमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैंचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २–२, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी नगरपालिका र साँघुरीगढी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ । इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १–१, पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १–१ , संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेहथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

यसैबीच, प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२१ महिला र १७० पुरुष छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ६ महिला र २ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!