- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको आरोपमा छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी छन् ।

मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए ।

पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!