- संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ जना र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बाह्रदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २/२, हल्दिबारीमा १ जना संक्रमित भएका छन् ।

मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैंचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २/२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १/१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ११४, इटहरीमा ५८, इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २, गढी र दुहवीमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रीवास र शहिदभूमीमा ५/५, छथर जोरपाटीमा ३, चौबीसेमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १/१, उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २/२, बेलका र चौदण्डीगढीमा १/१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तैगरी इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, तेह्रथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!