प्रदेश १ को स्थायी राजधानी र नाम बैशाख २२ भित्रै टुंगिने
विराटनगर, १५ बैशाख । प्रदेश नं. १ को स्थायी राजधानी र नामाकरणको विषय बैशाख २२ गते भित्रै टुंगो लाग्ने भएको छ । बैशाख २२ मा सकिने चालु अधिवेशन भित्रै यसलाई टुंग्र्याने तयारी गरिएको हो । आइतबारको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वैशाख १९ गतेसम्म प्रदेशको स्थायी राजधानी र नामाङ्कनसम्बन्धी प्रस्ताव आह्वान गरिएको सूचना प्रकाशित गर्न प्रदेशसभाका सचिवलाई निर्देशन गरेका हुन् ।
सभामुखको निर...






























