- संगालोखबर सम्वाददाता

बिराटनगर, २६ चैत । नोबेल मेडिकल कलेजमा अध्ययनका लागि आएका नयाँ बिद्यार्थीलाई स्वागत गरिएको छ । एमवीवीएस, बीडीएस र बिएस्सी नर्सिङ प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीलाई स्वागत गरिएको हो ।

Advertisement

एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ दोस्रो बर्षको आयोजनामा भएको कार्यक्रममा फुल, खादा र अविर लगाएर नयाँ बिद्यार्थीहरुलाई स्वागत गरिएको थियो । नोबेलमा हरेक बर्ष यसरीनै नयाँ बिद्यार्थीलाई स्वागत गरिदै आएको छ ।

सोहि क्रममा ३/३ जना उत्कृष्ट छात्र, छात्रा छनौट गरिएको छ । यसैवीच कार्यक्रमलाई संबोधन गर्दै नोबेलका शैक्षिक कार्यक्रम संयोजक डिल्लिराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले अध्ययनमा राम्रो मेहनत गर्न बिद्यार्थीहरुलाई सुझाव दिए ।

यस पटक नोबेलमा एमवीवीएस प्रथम बर्षमा १ सय १ जना, बीडीएस प्रथम बर्षमा १६ र बिएस्सी नर्सिङ प्रथम बर्षमा २७ जना बिद्यार्थी भर्ना भएका छन् । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

नोबेलमा पढाई राम्रो हुँने भन्दै नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि बिद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् ।

भिडियो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!