संगालोखबर सम्वाददाता

धनकुटा, १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा गएराती १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

Advertisement

सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सामान्य बिषयमा वावुले बिज्ञानलाई गाली गरेका थिए । बाबुले गाली गर्दा आवेगमा आएर बिज्ञानले राती करिब ८ बजे वावुलाई कोदालोको पासोले हानेर हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार कोदालो प्रहारबाट ईन्द्रप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

कोदालो प्रहार गर्ने बिज्ञानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!