भोजपुर,६ वैशाख। भोजपुरमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ ।

प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!