संगालोखबर सम्वाददाता

बिराटनगर, १० बैशाख । नोबेल शिक्षण अस्पतालले बिगत एक बर्षको अवधिमा स्वास्थ्य शिविर मार्फत ६५ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । २०७५ बैशाखदेखि चैतसम्मको अवधिमा प्रदेश नम्बर १ र २ का १२ जिल्लामा ८७ वटा शिविर सञ्चालन गरी ६५ हजार ३ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

नोबेलले प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु र इलाममा शिविर सञ्चालन गरेको छ । त्यस्तै प्रदेश नम्बर २ को सिरहा, सप्तरी र धनुषाका बिभिन्न स्थानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । एक बर्षको अवधिमा सबैभन्दा बढी मोरङमा ५७ पटक सञ्चालित शिविरबाट ३७ हजार बिरामी लाभान्वित भएका छन् । यता झापामा ८ वटा शिविरबाट ७ हजार बिरामीले निःशुल्क उपचार पाए भने सुनसरीमा ११ वटा शिविरबाट ९ हजार भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिए ।

सो क्रममा ७ हजार ४ सय जनाको ईसीजी, १० हजार ५ सय ४० जनाको ल्याबटेष्ट र १ हजार ४ सय २५ जनाको भिडियो एक्सरे गरिएको छ । शिविरमा मुख्यगरी हाडजोर्नी, छाला तथा आँखाको समस्याका साथै पाठेघरमा मासु पलाएको, निमोनिया लगायत समस्याका बिरामी बढी भेटिएका थिए । बिगत एक बर्षको अवधिमा तराई क्षेत्रमा लाभान्वित बिरामीको संख्या धेरै छ भने हिमाली र पहाडी जिल्लामा पनि कम छैन । गाउँ घरमै निःशुल्क स्वास्थ्य शिविरबाट उपचार पाउँदा बिरामीहरु पनि हर्षित छन् ।

यसैवीच नोबेलले गत आर्थिक बर्ष २०७४÷०७५ मा पूर्वी नेपालका बिभिन्न जिल्लामा ६५ पटक शिविर सञ्चालन गरी ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । बिपन्न तथा उपचारको सहज पहुँच भन्दा बाहिरका बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । नोबेलले पूर्वी तराईका भित्री गाउँदेखि हिमाली जिल्लाका बिकट ठाउँमामसेत पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!