धनकुटा, ५ बैशाख । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै धनकुटाका पत्रकारहरुले पनि आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पत्रकार महासंघको अगुवाईमा जिल्लामा क्रियासिल पत्रकारहरुले प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् ।
ऐनको दफा खारेजी माग गर्दै प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले गेटमै रोक्ने प्रयास गरेको थियो । तर, प्रहरीको घेरा तोड्दै पत्रकारहरु धर्नामा बसेका हुन् ।
धर्नाका क्रममा बोल्दै पत्रकारहरुले आन्दोलनलाई दवाउने प्रयास गरे दुर्भाग्य सावित हुँने चेतावनी दिदै सरकारसंग प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग गरे । बिधुतीय कारोबार ऐनको दुई वटा दफा खारेजीको माग गर्दै आज धनकुटासहित देशभरका पत्रकारहरुले प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
बिधुतीय कारोबार ऐनको दफा प्रयोग गरी पत्रकारलाई पक्राउ गर्ने क्रम बढेको भन्दै देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।