झापाका स्थानीय तहबाट बारामा रु २३ लाख
भद्रपुर, २१ चैत । झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम रु दुई–दुई लाख, गाउँपालिकाहरुबाट रु एक–एक लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।
झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । स्थानीय तहबाट ...































