संगालोखबर सम्वाददाता

झापा, १३ वैशाख । झापाको भद्रपुर नगरपालिका–६ मा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा स्थानीय ३२ बर्षीय भीम राजवंशी गंभीर घाइते भएका थिए । घाइते राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

मृतकको शव परिक्षणका  लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!