- संगालोखबर सम्वाददाता

धनकुटा, ४ बैशाख । बर्षासँगै परेको चट्याङ लागेर धनकुटामा गएराती एक जनाको मृत्यु भएको छ । राती साँढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ बर्षीय लालमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

उनी मोबाईल चार्जमा राखेर सुतेका थिए । सोहि क्रममा बर्षासँगै परेको चट्याङ लागेर तामाङ गंभीर घाईते भएका थिए ।

उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!