काठमाडौं,  ५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् ।

Advertisement

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!