संगालोखबर संवाददाता

तेह्रथुम । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जललजले (टिएमजे) क्षेत्रमा आजबाट अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव सुरु भएको छ ।

Advertisement

महोत्सवमा १ सय २ भन्दा बढी मुलुकका विदेशी पर्यटकहरु जम्मा हुने भएका छन् । बिहीबार (आज)बाट आरम्भ हुने अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सवले नेपालमै पिहलो पटक यतिका सम्म धेरै मुलुकका पर्यटक एकै स्थानमा भेला गराउन लागेको हो ।।

टिएमजे क्षेत्र खासगरी तीनै जिल्लाको संगम स्थलमा पर्ने भएतापनि यो महोत्सवको आयोजना भने संखुवासभा जिल्लामा पर्ने मादी नगरपालिकाको सहयोग तथा काठमाडौंमा रहेको शक्ति पिक नेपाल नामक संस्थाले स्थानीय तीनजुरे गुराँस क्लवको संयोजनमा सम्पन हुने भएको को हो । कार्यक्रमको समुद्घाटनकै दिन शुक्रबार आज २५ हजार पर्यटकलाई जमघट गराउने लक्ष्य रहेको आयोजकको मादी नगरपालिकाका प्रमुख विदुर लिङथेप लिम्बुले बताएका छन् ।

मादी नगरपालिका १ राँकेधार डाँडामा हुने कार्यक्रममा विश्वका ख्याती प्राप्त संगीत ब्यान्डमा आबद्ध संगीतकर्मीहरूले प्रस्तुती दिएर पर्यटकहरुलाई मनोरन्जन दिने लिम्बुले बताए । आजबाट आरम्भ हुने यो महोत्सब बैशाख २२ गतेसम्म सन्चालन हुने आयोजकले बताएको छ । विश्वकै ध्यान टिएमजे क्षेत्रमा तान्ने उदेश्यमा आयोजक रहेको छ ।

विश्वभरमै पाईने ३२ प्रकारका लालिगुराँस मध्ये २८ प्रकारको गुरास यहाँको एकै जङ्गलमा पाइन्छ । लालिगुरासको राजधानीको उपनामले परिचित यो क्षेत्रमा घुम्न आउने पर्यटकले उच्च पहाडी वातावरण साथै यो वातावरणमा पाईने जंगली सुन्दरता र लेकाली जनजीवनमा रमाउन पाउनेछन् ।

महोत्सवमा युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, अष्ट्रेलिया महादेश साथै एसियाका प्रयजसो सबै मुलुकका पर्यटक को जमघट हुनेछ । महोत्सवका लागि अनलाईन मार्फत टिकट गर्ने ब्यवस्था गरिएको थियो ।

महोत्सवलाई संगीत र कलाको पर्वका रूपमा मनाउनका लागि १ सय २ देशका विदेशी पर्यटकहरुलाई आमन्त्रण गरिएको हो नगरपालिका प्रमुख लिम्बुले बताएका छन् । पर्यटकहरुलाई खान, बस्न, सुत्नका लागि सबै ब्यवस्था गरिएको तीनजुरे गुराँस क्लवका पदाधिकारीले बताएका छन् । न्युज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement