संगालोखबर संवाददाता

इनरुवा । सुनसरीको कोशी गाउँपालिकास्थित जुद्धगञ्जमा भएको आगलागीमा ९ घर जलेको छ । लागलागीका कारण २३ लाख ४१ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

रुख काट्ने क्रममा बिजुलीको तार सर्ट भई आगो सल्केको बताइएको छ । रहमान मन्सुरीको घरमा लागेको आगो हावाहुरीका कारण फैलिंदा अन्य ८ परिवारको घर समेत जलेको छ ।

आगलागीका कारण ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक र कैजुम मन्सुरीको घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इनरुवा, इटहरी र दुहवीको बारुण यन्त्रको सहयोगमा सुरक्षाकर्मी सहित स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

 न्युज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement