संगालोखबर सम्वाददाता

धनकुटा, १३ बैशाख । धनकुटाको सहिदभूमी गाउँपालिका–७ सिम्ले स्थित तमोर नदी किनारमा एक युवतीको शव फेला परेको छ । एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षीया रोजिता दाहालको शव बिहिबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

उनी गत आईतबार बिहानदेखि बेपत्ता थिईन् । आफु कहिल्यै नफकिनेगरी गएको भन्दै उनले श्रीमानलाई म्यासेज पठाएकी थिईन् । त्यसपछि आफन्त र प्रहरीले उनको खोजी तिब्र पारेको थियो ।

खोजी गर्ने क्रममा मूलघाट स्थित तमोर नदीको पुल मुनि उनको झोला, मोबाइल र पैसा भेटिएको थियो । बिहिबार साँझ माछा मार्ने क्रममा स्थानीयले पानीमा तैरिरहेको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।

धनकुटाको चौबिसे–५ बोधे माईतीघर भएकी उनको केराबारीका बिमल महतसँग विवाह भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!