झापा, १३ बैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा गएराती सरकारी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
राती साढे ८ बजे पूर्व–पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नम्बरको गाडीले बिपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका–१ कालीमोडा बस्दै आएका ४० बर्षीय उमेश हिङमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका हिङमाङको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारका क्रममा राती ९ बजे मृत्यु भएको हो ।