- संगालोखबर सम्वाददाता

मोरङ, ८ बैशाख । बामपन्थीको ‘लालकिल्ला’ भनेर चिनिने मोरङको क्षेत्र नं.३ पछिल्लो समय कांग्रेसमय बन्दै गएको कांग्रेस नेताहरुले दावी गरेका छन् । मोरङको बेलबारी–४ काकुम स्थित कांग्रेस महासमिति सदस्य एवं समाजसेवी डा.सुनिल शर्माको निवासमा आयोजित नव बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले यस्तो बताएका हुन् ।

Advertisement

बामपन्थीको लालकिल्ला तोडेर कांग्रेसको पकट क्षेत्र बनाईएको नेताहरुको भनाई छ । सो क्रममा बोल्दै कांग्रेस महासमिति सदस्य बसन्त भट्टराईले कांग्रेसले जनताको भावना बुझेर काम गरेकाले कांग्रेसमा जनलहर बढेको बताए ।

त्यस्तै गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारसमेत रहेका कांग्रेस महासमिति सदस्य डा.सुनिल शर्माले कांग्रेसको दर्विलो उपस्थितीका कारण नेकपाका नेताहरु क्षेत्र नं.३ मा पराजित हुने डरले सुरक्षित स्थान खोज्न थालेको जिकिर गरे ।

त्यस्तैगरी कांग्रेस महासमिति सदस्य ललित श्रेष्ठ र केशव निरौलाले अघिल्लो चुनावमा कांग्रेस प्राविधिक रुपमा हारेपनि अहिले जनताको मन जित्दै गएकाले आगामी चुनावमा जित सुनिश्चित भएको दावी गरे । यता प्रदेश सांसद लोकप्रसाद संग्रौला र सुयर्माराज राईले क्षेत्र नं.३ कांग्रेसमय बन्दै गएकाले आगामी चुनावमा फराकिलो मतान्तरले कांग्रेस बिजयी हुने बताए ।

त्यस्तै कांग्रेस जिल्ला सचिव मोदराज घिमिरे, कोषाध्यक्ष गोपालबहादुर थापा, क्षेत्र नं.३ का सभापती गणेश खड्का, सचिव मुक्ती भण्डारी लगायतले कांग्रेस भित्र गुटबन्दी हराउँदै गएर एकढिक्का भई अघि बढेकाले पार्टी अझ शसक्त भएको उल्लेख गरे ।

सो क्रममा बोल्ने अधिकांस बक्ताहरुले नोबेल अस्पताल सञ्चालकसमेत रहेका नेता डा.सुनिल शर्माले जनतालाई प्रत्यक्ष रुपमा पुर्याएको सेवाका कारण क्षेत्र नम्बर ३ मा कांग्रेस मजवुत हुनलाई सहयोग पुगेको धारणा राखे ।

शुभकामना आदान–प्रदानमै हजारौंको भीड

कांग्रेसले नव बर्ष २०७६ सालको शुभकामना आदान प्रदानका लागि आयोजना गरेको कार्यक्रममा हजारौंको संख्यामा नेता कार्यकर्ता एवं सर्वधारण सहभागि भएका छन् । कार्यक्रममा सहभागिलाई बस्नका लागि १ हजार ४ सय भन्दा बढी कुर्सी राखिएको कार्यक्रम व्यवस्थापनका खटिएका एक कार्यकर्ताले बताए । तर, धेरै संख्यामा सहभागिका कारण कुर्सी अपुग भएर सयौं कार्यकर्ता एवं सर्वसाधरण उभिएका थिए ।

सो क्रममा दुई हजार भन्दा बढी सहभागि भएको आयोजकको भनाई छ । कार्यक्रममा बोल्ने वक्ताहरुले उल्लेख्य सहभागिताका कारण उत्साहित हुँदै कांग्रेसमा जनलहर बढ्दै गएको उदाहरणका रुपमा यहि कार्यक्रमलाई प्रस्तुतसमेत गरेका थिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!