- संगालोखबर सम्वाददाता

सुनसरी, २५ चैत । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवनमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । बिहान साढे ४ बजे मन्थलीबाट काकरभिट्टा जाँदै गरेको मे. १ ख. १९७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत तित्रीवनमा अनियन्त्रित भएर पल्टिएको हो ।

घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी र बिराटनगरको गोल्डेन अस्पताल लगिएको छ । बसमा २८ जना सवार थिए । दुर्घटना पश्चात बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!