सुनसरी, १० बैशाख। सुनसरीको इनरुवा नगरपालिका ७ स्थित चादबेलामा श्रीमतिले श्रीमानको हत्या गरेको घट्ना सार्वजनिक भएको छ । मुसहरी टोल बस्ने २६ वर्षका मुकेश ऋषिदेवको हत्या उनकै श्रीमती विमला ऋषिदेवले गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।

Advertisement

घट्ना आइतबार रातीको भएको प्रहरीले जनाएको छ । सोमबार प्रहरीमा खवर आएपछि शव पोस्टमार्टमको लागि धरान ल्याइएको छ । डिएसपी फुयालका अनुसार मृत मुकेशको टाउकोमा चोट लागेको छ । घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको थियो ।

श्रीमानको हत्यापछि श्रीमती विमला ५ वर्षीया छोरी र ३ वर्षीय छोरा लिएर फरार भएको प्रहरीले जनाएको छ । स्थानीयले श्रीमतीले नै हत्या गरेको बताउदैं आएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!