संगालोखबर संवाददाता

धनकुृटा, २४ चैत । धनकुटा नगरपालिका–२ भीरगाउँमा एक युवकको हत्या भएको छ । भीरगाउँका २७ वर्षीय मानबहादुर दर्लामीको शनिवार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।

Advertisement

हत्या आरोपमा प्रहरीले स्थानीय १९ बर्षीय रवि दर्लामी मगर र २५ बर्षीय छवी राना मगरलाई नियन्त्रणमा लिएको छ ।

कुटपिट गरेर मानबहादुरको हत्या गरेको उनीहरुले स्वीकार गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार माधक पदार्थ सेवन गरेका उनीहरुवीच सामान्य विवादमा भएको झगडाका क्रममा दर्लामीको हत्या भएको खुलेको छ ।

कुटपिटका कारण मृतकको शरिरका बिभिन्न भागमा चोट छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement