संगालोखबर संवाददाता

धनकुटा, २४ चैत । धनकुटाको सहिदभूमी गाउँपालिका–१ सफाईधाप स्थित तमोर नदीमा आईतबार अपरान्ह र्‍याफ्टिङ वोट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

धनकुटाको मुलघाटबाट सुनसरीको चतरा जाँदै गरेको र्‍याफ्टिङ अपरान्ह करिव ३ बजे नदीमा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो ।

र्‍याफ्टिङ वोट पल्टिँदा नदीमा डुबेर गुरुङ गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईएको थियो । उपचारकै क्रममा साँझ करिव ६ बजे गुरुङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

सेतु एड्भान्चरद्वारा सञ्चालित र्‍याफ्टिङमा ८ जना सवार थिए । र्‍याफ्टिङ वोट पल्टिँदा नदीमा डुबेका अन्यलाई सकुसल उद्धार गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement