- संगालोखबर सम्वाददाता

बिराटनगर, ३ बैशाख । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् ।

सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा.शर्मा उनको घरैमा पुगेका थिए । यसअघि डा.शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि एक/एक लाख रकम प्रदान गरेका थिए ।

त्यस्तै सुन्दरहरैंचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाईते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा.शर्माले जनही एक/एक लाख सहयोग गरे । डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँदै आएका छन् ।

हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिईरहेका छन् ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!