खोटाङमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता
खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका-२ बाप्लुखामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बिहान खसेको पहिरोले घरसहित बगाउँदा विष्णु राईकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका हुन् । विष्णु घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । ‘पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस...






























