- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले संखुवासभाको धर्मदेवी नगरपालिकाका मृगौलापीडित पुष्पबहादुर खत्रीलाई आर्थिक सहयोग गरेका छन् ।

Advertisement

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको अगुवाईमा ५१ हजार ५ सय संकलन गरी खत्रीलाई प्रदान गरिएको समिति सभापति करुणा कटुवालले जानकारी दिईन् ।

नेबिसंघका महामन्त्री कुन्दनराज काफ्लेले रकम हस्तान्तरण गरेका थिए ।

तीन वर्षदेखि मृगौलामा समस्या भएपछि ३२ बर्षीय खत्री अहिले काठमाडौँको जोरपाटी मेडिकल कलेजमा उपचाररत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!