- संगालोखबर सम्वाददाता

बिराटनगर। मोरङको रंगेलीकी १९ बर्षीया अमृता थापा मगर कोशी अञ्चल अस्पतालको शै्यामा छटपटाईरहेकी थिईन् । मुटु, मृगौला र कलेजोमा समस्या देखिएर गम्भीर अवस्थामा पुगेकी मगरलाई थप स्तरीय अस्पतालमा लगेर उपचार गर्न डाक्टरले सुझाव दिए । तर, आर्थिक अभावका कारण मगर परिवारले अमृतालाई अन्यत्र लगेर उपचार गर्नसक्ने अवस्था थिएन ।

Advertisement

उपचार अभावले मृत्युको मुखमा पुगेकी अमृताको परिवारलाई साथ दिन १७ बर्षे ईशान शर्मा पुगे । समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माका छोरासमेत रहेका ईशानले बावुकै मेलो पछ्याए । बिरामीको दयनीय अवस्था थाहा पाएर एम्बुलेन्स लिएर कोशी अञ्चल अस्पताल पुगेका ईशानले थप उपचारका लागि मगरलाई नोबेल शिक्षण अस्पताल ल्याए ।

अमृताको स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप उपचारका लागि पठाउँनु परेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.रोशन पोख्रेलको भनाई छ ।चिन्ताजनक अवस्थामा रहेकी मगरलाई अहिले नोबेल शिक्षण अस्पतालको आईसीयूमा राखेर निःशुल्क उपचार गराईदैछ । ‘ड्याडीले सधै गरिब, दुःखीको सेवा गरेको देखेर मैले पनि सहयोग गरेको हुँ ।’ ईशानले भने ।

 

७६ बर्ष पुगेका अमृताका वुवा बृद्ध अवस्थाका कारण केहि गर्न सक्दैनन् । आमाले घर बनाउँने काममा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी छन् । टाटीको बेरा लगाएको घरमा जेनतेन गुजारा चलाउँदै आएको मगर परिवारले खर्चिलो उपचार गर्न सक्ने अवस्था नहुँदा अमृता मृत्युको मुखमा पुगेकी थिईन् । तर, नोबेल अस्पतालमा निःशुल्क उपचार पाएपछि मगर परिवारलाई राहत मिलेको छ ।

नोबेलबाट औषधि उपचारसहित खाना पनि निःशुल्क उपलब्ध गराईएकाले धेरै सहज भएको अमृताकी आमा रिनाले बताईन् । ‘उपचार गर्ने पैसा नहुँदा छोरीलाई घर लगेर भगवान भरोसामा राख्नुपर्ने बेला भएको थियो ।’ रिनाले भनिन् ‘हामी दुःखीलाई साथ दिने मान्छे पनि रछन् । अहिले ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ ।’ बिरामी अमृतालाई नोबेलमा निःशुल्क उपचारको व्यवस्था मिलाउँन रंगेलीका समाजसेवी मोदराज घिमिरेले पहल गरेका थिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!