- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा सदरमुकाम स्थित सशस्त्र प्रहरीको छिन्ताङ्ग गुल्ममा निर्माण गरिएको बहुउद्देशीय भवन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल वराह वाहिनीका प्रमुख एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र वहादुर थापाले भवन उद्घाटन गरेका हुन् ।

Advertisement

भवन उद्घाटन गर्दै वाहिनीपती थापाले सिमा सुरक्षाका साथै शान्ति सुरक्षा स्थापना र विपद व्यवस्थापन लगायतमा सशस्त्र प्रहरीले नागरिकसँगको समन्वयलाई प्राथमिकता दिने गरेको बताए ।

भवन अभावले तालिम लगायत कार्यक्रम सञ्चालनमा कठिनाई भईरहेको भएपनि अव भवन बनेपछि सजिलो भएको छिन्ताङ्ग गुल्मका गुल्मपती डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!