- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ५० का नन्द किशोर साह छन् ।

बिहिवारराती करिव साढे ९ बजे शौचालय जान बिजुली बत्ती बाल्ने क्रममा साहलाई अचानक करेन्ट लागेको हो । करेन्ट लागेर गंभीर घाईते भएका उनलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होम लगियो ।

Advertisement

तर, उपचारकै क्रममा राती करिव १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!