गोमा ढुंगाना/संगालोखबर

धनकुटा । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा आज देशभर बृक्षारोपण कार्यक्रम गरिदैछ । सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस मनाउँने निर्णय गरेकाले आज बृक्ष रोपेर पहिलो राष्ट्रिय बृक्षारोपण दिवस मनाईदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंको कलंकी–कोटेश्वर सडकखण्ड स्थित सडक किनारामा नासपातीको बिरुवा रोपेर अभियान सुभारम्भ गरेका छन् ।

Advertisement

यसैवीच दिवसको अवसरमा शनिबार धनकुटामा पनि बृक्षारोपण गरिएको छ । धनकुटा नगरपालिका–५ नम्बर वडा कार्यालयको सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले बृक्षारोपण कार्यक्रम गरेको हो ।

धनकुटा–५ बालमन्दिर स्थित भू–संरक्षण कार्यालय नजिक रहेको उद्योग बाणिज्य संघको जग्गा र जलाधार सामुदायिक बन क्षेत्रमा करिव १ सय ५० वटा बृक्ष रोपिएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले संगालोखबरलाई जानकारी दिए । ‘सुरुवाती चरणमा डेढ सय हाराहारीमा किम्वु, मसला, सल्ला, धुपी, एबोकार्ड लगायतका बिरुवा रोपेका छौ ।’ घिमिरेले भने ‘फेरी पनि बृक्षारोपण जारी राख्छौ ।’

जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरेसहित बिभिन्न संघ–सस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीयबासी लगायत दर्जनौं व्यक्ती बृक्षारोपणमा सहभागि थिए ।

यसैवीच धनकुटा बहुमुखी क्याम्सले पनि आज क्याम्पस हाताभित्र बृक्षारोपण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!