- संगालोखबर सम्वाददाता

सुनसरी । धरान उपमहानगरपालिका–८ तिनकुनेबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको बा.४३ प.२९७३ नम्बरको मोटरसाईकलबाट लागुऔषध बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार उदयपुरको त्रियुगा नगरपालिका–१० का १८ बर्षीय सुवास बिकको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!