बिराटनगरमा हवाई दुर्घटनाको पूर्व अभ्यास : एयरपोर्ट भित्र जहाजमा आगो दन्किदा त्रास

बिराटनगरमा हवाई दुर्घटनाको पूर्व अभ्यास : एयरपोर्ट भित्र जहाजमा आगो दन्किदा त्रास

बिराटनगर । बुधबार बिहान काठमाडौंबाट उडेको अरनिको एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको खबर बिराटनगर बिमानस्थलमा आयो । आपतकालीन रुपमा जहाज अवतरण गर्नुपर्ने जानकारी आएपछि बिराटनगर बिमानस्थलमा आवश्यक सवै तयारी गरियो । चालक दलका सदस्यसहित ५४ जना सवार जहाज अवतरण हुनासाथ एक्‍कासी जहाजमा आगो दन्किएर धुवाको मुस्लो निश्कियो । दमकल आगो निभाउँन हुईकिए । सुरक्षाकर्मी, रेडक्रमकर्मी र विमानस्थलका कर्मचारी उ...
बिर्तामोडका एकसय बढी होटलमा खुलेआम यौन धन्दा, बन्धक बनाईएका युवतीको उद्धार

बिर्तामोडका एकसय बढी होटलमा खुलेआम यौन धन्दा, बन्धक बनाईएका युवतीको उद्धार

भद्रपुर। काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतिलाई छापाको विर्तामोड पुर्‍याइन्। मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे। तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाहोस परिवारसँग फोनमा सम्पर्क गर्नसमेत पाएनन्। होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार बढ...
धनकुटामा शिक्षण अस्पताल बनाउँन प्रदेश सरकारद्वारा ४ करोड बजेट बिनियोजन

धनकुटामा शिक्षण अस्पताल बनाउँन प्रदेश सरकारद्वारा ४ करोड बजेट बिनियोजन

बिराटनगर। प्रदेश १ सरकारले धनकुटामा शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड बजेट बिनियोजन गरेको छ । बिभिन्न बिशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालनका लागि बजेट छुट्याईएको हो । प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा यसलाई समावेश गरेको छ । प्रदेश सभा बैठकमा आईतबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् । सोहि क्रममा उनले धनकुटामा बिभिन्न बिशेषज्ञ सेवासह...
प्रदेश १ मा ४२ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

प्रदेश १ मा ४२ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

बिराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ४२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आईतबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्ब २० करोड ४ लाख १२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ ...
प्रदेश १ मा ११ महिनामा २९ प्रतिशत मात्रै बजेट खर्च

प्रदेश १ मा ११ महिनामा २९ प्रतिशत मात्रै बजेट खर्च

बिराटनगर । विकास बजेट खर्च गर्न नसक्ने केन्द्र सरकारको रोग प्रदेश सरकारहरुमा पनि देखिएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै रहँदा विकासतर्फ प्रदेश-१ सरकारको प्रगति पटक्कै चित्तबुझ्दो छैन । चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयले पुँजीगततर्...
धनकुटामा सञ्चालित क्रिकेट प्रतियोगितामा तमोर भ्याली बिजयी

धनकुटामा सञ्चालित क्रिकेट प्रतियोगितामा तमोर भ्याली बिजयी

धनकुटा । धनकुटामा सञ्चालित अन्तर बिद्यालय खुल्ला क्रिकेट प्रतियोगितामा तमोर भ्याली बोडिङ्ग स्कुलको टिम बिजयी भएको छ । फाईनल खेलमा बालसंसार सेकेण्डरी बोडिङ्ग स्कुललाई ४१ रनले पराजित गर्दै तमोर भ्याली बिजयी बनेको हो । बिजयी तमोर भ्यालीले नगद ३ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पायो भने उप–बिजेता बालसंसारले २ हजारमा चित्त बुझायो । प्रतियोगितामा तमोर भ्यालीका बिज्ञान लुइँटेल उत्कृष्ट बलर र हिमशिखर ...
पत्रकारिता क्षेत्रलाई चोट पुर्याएको भन्दै मेयर चौधरीले मागे माफी

पत्रकारिता क्षेत्रलाई चोट पुर्याएको भन्दै मेयर चौधरीले मागे माफी

इटहरी । पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएपछि आलोचित भएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्तत:  माफी मागेका छन् । सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै उनले आज प्रेस बिज्ञप्ती जारी गरेर आत्मआलोचना गरेका हुन् । मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपमहानगरपालिकासमेत प्रेस स्वतन्त्रताप्रत...
टाउको र मेरुदण्ड चोटको अप्रेशन निःशुल्क

टाउको र मेरुदण्ड चोटको अप्रेशन निःशुल्क

बिराटनगर। टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुँने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउँन पाउँने भएका हुन् । बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन् । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन तुलनात्मक रुपमा महंगो पर्ने हुँनाले बढी ...
धनकुटाका बित्तिय सस्थाको काम बन्द गर्न बिप्लव निकट जनपरिषदको अपिल

धनकुटाका बित्तिय सस्थाको काम बन्द गर्न बिप्लव निकट जनपरिषदको अपिल

धनकुटा । धनकुटामा रहेका बित्तिय तथा लघुबित्त सस्थाहरुको गतिबिधि बन्द गर्न बिप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद धनकुटाले अपिल गरेको छ । सरकारले बित्तिय सस्थाहरु सञ्चालन गर्न दिएर लुट मच्चाएको आरोप लगाउँदै जनपरिषदले आज बिज्ञप्ती जारी गरेर बित्तिय तथा लघुबित्त सस्थाहरु बन्द गर्न अपिल गरेको हो । जनपरिषद नेपाल धनकुटाका प्रमुख ‘अज्ञात’ द्वारा जारी बिज्ञप्तीमा बित्तिय सस्...
मौनाबुधुकका विकको शव तमोरमा भेटियो

मौनाबुधुकका विकको शव तमोरमा भेटियो

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–७ मौनाबुधुकका शेरबहादुर विक मृत फेला परेका छन् । बेपत्ता भएको चार दिनपछि बिहिबार मुलघाट स्थित तमोर नदीमा ५३ बर्षीय विकको शव फेला परेको प्रहरीले जनाएको छ । उनी गत सोमबार चौविसेको हंसमोरङ स्थित त्रिवेणीघाट नजिकबाट बेपत्ता भएका थिए । नदीमा हामफालेर बिक बेपत्ता भएको बताईएको थियो । त्यसपछि आफन्त र प्रहरीले उनको खोजी जारी राखेका थिए । खोजी गर्ने क्रममा मुलघाट स्थि...
प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठसहित)

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा आज नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषिलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले दोस्रो प्राथमिकतामा पर्यटनलाई राखेको छ । आउँदो आर्थिक वर्ष भित्र प्रदेश एकमा ५ लाख पर्यटन भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ । जल पर्यटनको सम्भावनालाई उजागर ...
प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, धनकुटा-धरान सुरुङमार्ग अध्ययन गरिने

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, धनकुटा-धरान सुरुङमार्ग अध्ययन गरिने

विराटनगर । प्रदेश १ सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम सार्वजनिकको तयारी गरेको छ । कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ल्याउन लागेको हो । नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले धरान–मूलघाटलगायत क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने ...
पत्रकार धम्क्याउँने मेयरको आलोचना, नेतादेखि मुख्यमन्त्रीसम्मको यस्तो आयो प्रतिक्रिया

पत्रकार धम्क्याउँने मेयरको आलोचना, नेतादेखि मुख्यमन्त्रीसम्मको यस्तो आयो प्रतिक्रिया

बिराटनगर। पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका ईटहरीका मेयर द्वारिकलाल चौधरीको सर्वत्र आलोचना हुन थालेको छ । केन्द्रिय नेतादेखि मुख्यमन्त्रीसम्मले उनको व्यवहार अनुपयुक्त रहेको धारणा राख्दै आत्मालोचना गर्न सुझाव दिएका छन् । पत्रकारको नाकको हड्डी भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमा...
सुनसरीमा गोरु काटेको आरोपमा ३ जना पक्राउ

सुनसरीमा गोरु काटेको आरोपमा ३ जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नहडामा गोरु काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय मिना सेर्पा, आसिक राई र किलक राई छन् । शुक्रबार राती करिव १० बजे स्थानीय मिना सेर्पाको घरमा बहर गोरु काटेर मासु भाग लगाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट बाङगेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पाँचथरमा बिद्यालयको क्वाटरमा आगलागी

पाँचथरमा बिद्यालयको क्वाटरमा आगलागी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित कालिका माध्यमिक विधालयको शिक्षक वस्ने क्वाटरमा आगलागी हुँदा २२ लाख मुल्य बराबरको क्षति भएको छ । विधुत सर्ट भएर आगलागी हुदा भवन भित्रका सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्राङवुङबाट गएको प्रहरी टोली र स्थानीयबासीले आगो निभाएका थिए ।
नोबेल मिस नेवा : को फाईनलमा १६ युवती

नोबेल मिस नेवा : को फाईनलमा १६ युवती

बिराटनगर । नोवेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस नेवा : को फाइनलका लागि १६ जना युवती छनौट भएका छन् । विराटनगर, इटहरी, धरान र विराटचोकमा भएको छनौट चरण पार गर्दै उनीहरु फाईनल पुगेका हुन् । नेवारी समुदायको संस्कृति जगेर्ना गर्दै युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँने उद्देश्यले आयोजित प्रतियोगितामा साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र पूर्व विजेता सुधा श्रेष्ठ ...
बिद्यार्थीलाई महिनावारी सरसफाई सचेतना

बिद्यार्थीलाई महिनावारी सरसफाई सचेतना

बिराटनगर। महिनावारी भएका बेला किशोरीहरुले गर्नुपर्ने सरसफाईका बिषयमा नोबेल शिक्षण अस्पतालले बेलवारीको एक बिद्यालयमा सचेतना कार्यक्रम गरेको छ । महिनावारी सरसफाई दिवसको अवसर पारेर बेलवारी–२ लालभित्ती स्थित शिक्षा संन्देश ईङ्लिस स्कुलका बिद्यार्थीहरुलाई महिनावारीका वेला गर्नुपर्ने सरसफाई र सावधानीका बिषयमा जानकारी गराईएको हो । नोबेल अस्पतालका डा.हिमलाल भण्डारी र नर्सिङ शिक्षिका नविना कोइरालाले बिद...
विराटनगरमा कर्मचारीकी श्रीमती बलात्कार गरेको आरोपमा उद्योगी गौतम जेल चलान

विराटनगरमा कर्मचारीकी श्रीमती बलात्कार गरेको आरोपमा उद्योगी गौतम जेल चलान

विराटनगर । विराटनगरको एक उद्योग संचालक आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलको ईजालशले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवरा...
एक्सेल बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

एक्सेल बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

झापा । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । ग्राहकहरुले एक्सेल बैंकको शाखाबाट एशियन लाइफमा जीवन बिमा गर्न सक्ने तथा बीमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने गरी सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल र एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुले एक्सेल बैंक...
भोजपुरमा आमाद्वारा २२ महिने छोराको हत्या

भोजपुरमा आमाद्वारा २२ महिने छोराको हत्या

भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन्। २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन्। उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो । लघुवित्त कम्पनीमा काम गर्ने बालकका ब...
तलब बढाउँन माग गर्दै वीपीका डाक्टर काम छोडेर धर्नामा

तलब बढाउँन माग गर्दै वीपीका डाक्टर काम छोडेर धर्नामा

धरान । लामो समयदेखि तलब वृद्धिको माग गर्दै आइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आइतबारदेखि काम छोडेर आन्दोलनमा उत्रिएका छन् । मागबारे पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै उनीहरु आइतबारदेखि काम छोडेर धर्नामा बसेका छन् । प्रतिष्ठानको एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरु प्रतिष्ठानको उपकुलपति कार्यालयअघि आइतबार दिनभर धर्नामा ब...
दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

बिराटनगर। दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौसल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए । बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै प्रतियोगितामा वीपी कोईराला स...
बिराटनगरमा ट्रकमा लाग्यो आगो

बिराटनगरमा ट्रकमा लाग्यो आगो

विराटनगर । विराटनगरमा आज दिउँसो अचानक ट्रकमा आगो लागेको छ । बरगाछी– महेन्द्रचोक सडकखण्ड कालोपत्रे गर्ने क्रममा शनिमन्दिर नजिकै ट्रकमा आगो लागेको हो । सडक कालोपत्रे गर्न कच्चा पद्धार्थ छर्दै गरेको अबस्थामा ना.१ क.८०१६ नम्बरको ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अलकत्रा बोेकेको ट्रकमा एक्कासी आगो लागेको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागीका बारेमा अनु...
पत्रकारलाई दुर्व्यवहार गर्ने सुनसरीका मेयरले मागे माफी

पत्रकारलाई दुर्व्यवहार गर्ने सुनसरीका मेयरले मागे माफी

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफुले पत्रकारमाथी भएको दुर्व्यवहार गरेको स्विकार्दै माफी मागेका छन्। चौधरीले बिज्ञप्ती जारी गर्दै आफ्नो ब्यवहारले पत्रकारहरुमा चोट पुगेको भन्दै माफि मागेका हुन्। लोकतन्त्रमा कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताको पक्षमा आफु सँधै रहेको भन्दै आगामी दिनमा हातमा हात मिलाएर अगाडी बढ्ने प्रतिबद्धतासहित लिखित माफी मागेका छन्।...
धरानमा गोली प्रहार गरी लुटपाट, बैंकका कर्मचारी घाईते

धरानमा गोली प्रहार गरी लुटपाट, बैंकका कर्मचारी घाईते

धरान । धरानमा अज्ञात समुहले गोली प्रहार गरी लुटपाट गरेको छ। जिवन विकास संस्था बैकको कर्मचारी शम्भुप्रसाद गच्छदारलाई लुटेराले हानेको गोली लागेको छ । गोली लागेर गच्छदार घाईते भएको प्रहरीले जनाएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनको उपचार भईरहेको छ । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली हानेर पैसा लुटेर फरार भएको बताईएको छ । पैसा कति लग्यो भनेर खुल्न वाँकी छ...
सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुग्यो

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको छ । चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता हुने गरेको छ । यसैका कारण पनि कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ । पछिल्लो पटक ४४ वर्षीय ब्रिटिश नागरिक रोबिन हायन्स फिसरको मृत्यु भएको छ । उनको शनिबार बिहान २८ हजार २१५ फिट उच...
इलाममा रुखले किचेर बालकको मृत्यु

इलाममा रुखले किचेर बालकको मृत्यु

इलाम। इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा सडक निर्माणका क्रममा जेसिबीले ढालेकोे रुखले लागेर १३ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए । विद्यालय आउँदै गरेको समयमा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले मृत्यु भएको हो । मृत्यु हुनेमा सुनपा ६ का भेषराज गजमेर रहेका छन । सोही ठाउँमा रुखले लागेकी कृतिका रसाइली घाइते भए...
नोबेलद्वारा नर्सिङ्ग संघलाई ३० लाखको जग्गा

नोबेलद्वारा नर्सिङ्ग संघलाई ३० लाखको जग्गा

बिराटनगर। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दम्पतीले नेपाल नर्सिङ्ग संघ मोरङको भवन निर्माणका लागि करिव ३० लाख मुल्य बरावरको जग्गा निःशुल्क प्रदान गरेका छन् । बिराटनगरको कञ्चनबारी स्थित नोबेल अस्पताल परिषरमा रहेको १० धुर जग्गा नर्सिङ्ग संघलाई प्रदान गरिएको हो । सोहि जग्गामा नर्सिङ्ग संघको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भवन शिलान्यास...
भोजपुरमा प्रहरीको गोली लागेर घाईते भएका विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरमा प्रहरीको गोली लागेर घाईते भएका विप्लव कार्यकर्ताको मृत्यु

  काठमाडौं । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो । मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् । जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका...
पाँचथर हत्या काण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

पाँचथर हत्या काण्डमा संलग्न भएको आशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

  विराटनगर। पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला प...
धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

धनकुटा। खोलामा पौडी खेल्ने क्रममा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी नगरपालिका–२ का १२ बर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ बर्षीय अमिर मगर छन् । महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौर...
error: Content is protected !!