गोमा ढुंगाना/संगालोखबर

मोरङ । बिराटनगरकी रस्मिता उदास नोवेल मिस नेवाः कोशी बिजेता बनेकी छन् । बिराटनगर स्थित वीरेन्द्र शभागृहमा शनिबारराति सम्पन्न फाईनलमा ११ प्रतियोगिलाई उछिन्दै रस्मिताले तेस्रो संस्करणको मिस नेवाः ताज पहिरिएकी हुन् ।

Advertisement

पूर्व मिस नेवाः बिजेता सुदा श्रेष्ठले उदासलाई ताज पहिराईन् । त्यस्तै बिराटनगरकै सुनैना श्रेष्ठ फस्ट रनरअप र धरानकी सुजना तुलाधर सेकेण्ड रनरअप बनिन् । सञ्चारकर्मीसमेत रहेकी बिजेता उदासले टिभिएसको जुपिटर क्लासिक स्कुटी पाएकी छन् । त्यस्तै ५ लाखको जिबन बीमा र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत पाउँनेछिन् ।

यता फस्ट रनरअप सुनैनाले ४ लाखको जिवन बीमा र सेकेण्ड रनरअप सुजनाले ३ लाख ५० हजारको बीमा गर्न पाउँने आयोजक मञ्जिना मूभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार नेवारी समुदायको सँस्कृति जर्गेना गर्दै युवतीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा धरान, ईटहरी, बिराटचौक र बिराटनगरका प्रतियोगिहरु सहभागि थिए । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले यसपटकको मिस नेवाः मा टाईटल स्पन्सर गरेको हो ।

भिडियो हेर्नुहोस्…

तस्वीरहरु…

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!