- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर। ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा । घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो । जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहारा बनेका छन् ।

Advertisement

बृद्धा अवस्थामा रोगले थलिदा पनि उपचार गर्ने पैसा नभएर तड्पिरहेको खवर पाएपछि डा.शर्माले उनको उद्धार गरेका छन् । बृद्धाको उपचारका लागि डा.शर्माले घरमै डाक्टरको टोली पठाए । गंभीर बिरामी परेकी उनलाई घरमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल अस्पताल ल्याएर डा.शर्माले निःशुल्क उपचार गराएका हुन् । उनलाई एक बर्ष अघिदेखि खोकी लागिरहने, शरिर सुनिने र श्वास फेर्न गाह्रो हुने समस्या थियो ।

नोबेल अस्पतालमा निःशुल्क औषधि उपचारका साथै खाना, खाजासहित आवश्यक सम्पूर्ण बन्दोबस्ती मिलाएर उनको उपचार गरिएको हो । उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।

बिरामी हुँदा पनि सहारा दिने कोहि नभएर मृत्युको मुखमा पुगिसकेका बेला डा.शर्माले उपचार गराएर ठुलो गुन लगाएको भन्दै उनी अहिले दंग छिन् । ‘अव मेरा दिन यत्ति मात्रै रछन भन्ने लागेको थियो । सुनिल शर्मा जस्तो धर्मात्मीले उपकार गर्दिनाले मर्न लागेकी म बुढीले पुर्नजन्म पाए ।’ उनले भनिन् ।

निसन्तान कलमाँयाको साथमा अहिले कोहि छैनन् । २६ बर्ष अघिनै श्रीमानको निधन भयो । अरु कोहि आफन्त पनि साथमा नहुँदा उनी बेसहारा छिन् । ८४ बसन्त पार गरिसकेकी उनी छियाछिया भईसकेको झुपडीमा बस्छिन् । केहि काम गर्न सक्दिनन् ।

बृद्धभत्ताबाट आएको रकमले जेनतेन जाउलो खाएर जिविका चलाउँछिन् । तर, बिरामी भएर उठ्नै नसकेका वेला उपचार गर्ने पैसा त कता हो कता तातोपानी तताएर दिने मान्छेसमेत नहुँदा उनको बिजोग भएको थियो ।

स्थानीय महेन्द्र सुवेदी, राजेन्द्र अधिकारी, चन्द्र लिम्बु लगायतले डा.शर्मालाई उनको दयनीय अवस्था बताएर उद्धारमा सहयोग गरेका थिए । करिव दुई हप्ताको उपचार पश्चात निको भएर उनी अहिले घर फर्किएकी छन् । समाजसेवामा सक्रिय डा. शर्माले उनी जस्ता धेरै गरिव, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाएका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!