संगालोखबर सम्वाददाता
फाईल तस्वीर

खोटाङ । खोटाङको रावावेसी गाउँपालिका–३ ठूलोआहालमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बिहिबारराती साढे ९ बजे ना. ५ त. ६६०० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक २३ बर्षीय नबिन भुजेलको मृत्यु भएको हो ।

चालक बिदामा रहेका बेला सहचालक भुलेजले राती ट्याक्टर गुडाएका थिए । सोहि क्रममा ट्याक्टर सडकबाट करिव ३५ मिटर तल खसेको हो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारको लागि लामीडाँडा स्वास्थ्य चौकी लगिएको थियो । तर, उपचारकै क्रममा राती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!