संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभामा आज प्रहरी र नेत्रविक्रम चन्द समूहबीच झडप भएको छ । प्रहरीको गस्ती टोली माथि सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सो समूहले आक्रमण गरेपछि केहीबेर गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

Advertisement

कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् । प्रहरीले जवाफी फायरिङ्ग खोलेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार, त्यसतर्फ थप सुरक्षाकर्मी पठाइएको छ । घटनास्थल पुग्न कम्तिमा १० घण्टा बढी पैदल हिँड्नु पर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाट पनि घटनास्थल पुग्न ५ घण्टा बढी लाग्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!