सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारबाट आज विहान अरुण नदीले बगाएर एक जना बेपत्ता भएका छन् ।

बर्षासँगै नदीमा बाढी आएपछि बढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अरुण नदीले बगाउँदा महालक्ष्मी –४ सिखरकटेरीका ५२ वर्षीय मानबहादुर योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

परिवारसँगै नदीमा दाउरा निकाल्न गएका योगीलाई विहान ९ बजेतिर नदीले बगाएको थियो ।

योगीलाई नदीले बगाएर बेपत्ता बनाएपछि अहिले चानुवा प्रहरी चौकी र स्थानीयवासीहरुको सक्रियतामा उनको खोजी कार्य जारी रहेको चानुवा प्रहरी चौकीका असई श्याम कार्कीले बताए । हालसम्म योगीलाई फेला पार्न सकिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!