सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारबाट आज विहान अरुण नदीले बगाएर एक जना बेपत्ता भएका छन् ।

Advertisement

बर्षासँगै नदीमा बाढी आएपछि बढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अरुण नदीले बगाउँदा महालक्ष्मी –४ सिखरकटेरीका ५२ वर्षीय मानबहादुर योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

परिवारसँगै नदीमा दाउरा निकाल्न गएका योगीलाई विहान ९ बजेतिर नदीले बगाएको थियो ।

योगीलाई नदीले बगाएर बेपत्ता बनाएपछि अहिले चानुवा प्रहरी चौकी र स्थानीयवासीहरुको सक्रियतामा उनको खोजी कार्य जारी रहेको चानुवा प्रहरी चौकीका असई श्याम कार्कीले बताए । हालसम्म योगीलाई फेला पार्न सकिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!