- प्रेम देवान

विराटनगर । विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा उत्पन्न विवादमा वडाध्यक्ष आलममाथि कुटपिट भएको छ ।

Advertisement

सडक विस्तार गर्ने क्रममा नाला बनाउँदा आफ्नो जग्गा बढी खनिएको भन्दै आक्रोसित स्थानीय दुई युवाले उनीमाथि हेल्मेट प्रहार गरेका हुन् । यस विषयमा लामो समयदेखि विवाद थियो । सडक विस्तारमा विवाद भएपछि छलफलका लागि पुगेका आलमलाई सन्तोष शाह र विजय शाहले हेल्मेट प्रहार गरेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न सन्तोष र बिजय दाजुभाई हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको भएपनि आगामी दिनमा यस्ता घटना नदोहो¥याउने सर्तमा वडाध्यक्षकै आग्रहमा उनीहरुलाई छोडिएको इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाले जानकारुी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!