- संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरमा बित्तिय सस्थाका कर्मचारीको हत्या गरी लुटपाट गर्ने व्यक्ती पक्राउ परेका छन् । एन.एम.बि. माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत ईलामको माई जोगमाई–५ घर भएकी २१ बर्षीया सुजाता तामाङको हत्या भएको थियो ।

Advertisement

हिलिहाँङ गाउँपालिका–६ सिटेमा मृत फेला परेकी उनलाई हत्या गरी लुटपाट भएको थियो । सोहि घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय १९ बर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई पक्राउ गरेको हो । लुटिएको नगद र हत्यामा प्रयोग भएको खुकुरी पनि लावतीको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा युवतीको शव फेला परेसँगै अभियुक्तको खोजतलासका लागि प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको अनुसन्धान टोली परिचालन भएको थियो ।

गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा लावतीलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरी घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!