- बिनोद बिष्ट/संगालोखबर

धनकुटा । अबिरल बर्षाका कारण धनकुटाको शहिदभूमी गाउँपालिका–३ छिन्ताङ्ग स्थित अजम्बरी प्राथमिक बिद्यालयको भवन भत्किदा पठनपाठन अवरुद्ध भएको छ ।

बिद्यालय छेउमा पहिरो जाँदा कक्षा कोठामा क्षति पुगेपछि बिद्यालयमा पठनपाठन रोकिएको हो ।

पहिरोका कारण एउटा कक्षाकोठा भत्किएको र अन्य कोठाको भित्ता पनि चर्किएकाले संभावित जोखिमलाई मध्यनजर गर्दै बिद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकेन्द्र राईले संगालोखबरलाई जानकारी दिए ।

गत सोमबारदेखि सो क्षेत्रमा नियमित बर्षा भईरहेको छ । बर्षाका कारण बिद्यालय भवन पछाडीको पर्खाल भत्किदा बिद्यालय भवनमा क्षति पुगेको हो ।

छिन्ताङ्ग योङबिरङमा २०६९ सालबाट सञ्चालनमा रहेको सो बिद्यालयमा सिसुदेखि कक्षा ३ सम्म २८ जना बिद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!