संगालोखबर सम्वाददाता

धनकुटा । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री’ हुँने भएको छ । एकल गायन र नृत्य बिधाको प्रतियोगिताका लागि धनकुटासहित प्रदेश नम्बर १ का ८ जिल्लामा अडिसन हुँदैछ ।

असार २८ गते उदयपुर, साउन ३ गते झापा, ४ गते बिराटनगर, ११ गते ईटहरी, १८ गते भोजपुर र संखुवासभाको खाँदवारी, २० गते तेह्रथुमको बसन्तपुर र साउन २५ गते धनकुटाको टुडिखेलमा अडिसन गरिने आयोजक टिन्स क्रियू डान्स सेन्टर धनकुटाले जनाएको छ ।

Advertisement
फाइल तस्वीर

गायन र नृत्य बिधाका दुवै बिजयीलाई एक÷एक लाख नगद पुरस्कारसहित दुई लाखको जिवन बीमा गरिनेछ । उत्कृष्ट प्रतियोगिलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर र एक भाग्यसालीलाई सिंगापुर भ्रमण गराईने कार्यक्रम संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिए ।

फाईनलको मिति तय हुँन वाँकी छ । तर, फाईनलमा निर्णायकका लागि नायक दिलिप रायमाझी र गायिका कुन्ती मोक्तान आउँने संयोजक योगीले बताए । पूर्वाञ्चल डान्सिङ सुपरस्टार २०७३ र पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ पछि पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!