संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान आगलागी हुँदा ५६ लाख भन्दा बढीको क्षति भएको छ ।

Advertisement

स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । छिमेकी लेखनाथ खनालको घरमा पनि क्षति पुगेको छ ।

सम्बाहाम्फेको घरमा किराना पसलसमेत थियो ।

सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज वानबहादुर चौहानले बताए ।

बिहान साढे ६ बजे सुरु भएको आगलागी करिब तीनघण्टा पछि नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!