- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर ३६ करोड ४७ लाख ९१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

Advertisement

बजेटमा आन्तरिक आयतर्फ १८ करोड ७६ लाख ९१ हजार र सशर्ततर्फ १७ करोड ७१ लाख छ । शिक्षातर्फ १ करोड २० लाख ९० हजार र स्वास्थ्यमा ५६ लाख ४४ हजार विनियोजन गरिएको छ ।

त्यस्तै कृषितर्फ ५५ लाख, पशुमा २० लाख, खेलकुद तथा सांस्कृतिक विकासतर्फ २५ लाख, सामाजिक विकासतर्फ १८ करोड ४० लाख ७ हजार, भैपरिआउने चालुतर्फ १० लाख र कन्टिन्जेन्सीतर्फ १२ लाख विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् ।

अनुमानित आय विवरण अन्तरगत वित्तिय समानिकरण (केन्द्र) बाट ८ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ७१ लाख वित्तिय समानिकरण (प्रदेश) बाट ६९ लाख ६९ हजार, राजश्व बाँडफाँड (प्रदेश) बाट ५३ लाख २२ हजार, आन्तरिक आयतर्फ ४५ लाख र गत वर्षको आय २ करोड छ ।

८ वटा वडा रहेको चौबिसे गाउँपालिकाले वडाबाट छनौट भएका योजनाको आधारमा वडागत बजेट पनि विनियोजन गरेको छ । विनियोजित रकम मध्ये वडा नं. १ मा २९ लाख ५० हजार, वडा नं. २ मा ३१ लाख, वडा नं. ३ मा ३० लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रुचालले बताईन् ।

त्यस्तै वडा नं. ४ लाई २९ लाख, वडा नं. ५ लाई ३२ लाख, वडा नं. ६ लाई २९ लाख, वडा नं. ७ लाई २९ लाख र वडा नं. ८ लाई ३० लाख रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाको विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनले भने–‘गाउँपालिकाको प्राथमिकता भनेको शिक्षापछि स्वास्थ्य र पर्यटन भएकाले त्यसलाई पनि प्राथमिकतामा राखिएको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!