- संगालोखबर सम्वाददाता

विराटनगर। नोवेल मिस नेवाः को फाइनल आज हुँदैछ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा अपरान्ह ४ बजे सुरु हुने फाइनलमा १२ जना युवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

नोवेल मेडिकल कलेज टाइटल स्पोन्सर रहेको प्रतियोगिताको मुख्य प्रायोजकका रमपम तयारी चाउचाउ र गुडलाइफ विस्कुट रहेका छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मञ्जिना मुभिज प्रालिका सिईओ जतिन ताम्राकारले बताए । विराटनगर, इटहरी, धरान, दमकलगायतका स्थानमा भएको छनौट चरणबाट अन्तिम १२ मा पुगेका युवतीहरुलाई नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षणसमेत दिइसकिएको छ ।

विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । फाइनल प्रतिस्पर्धाको मकालु टेलिभिजन र विएफएमलगायतले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!