संगालोखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङका एक युवालाई माछा मार्ने क्रममा तमोर नदीले बगाएको छ । ताप्लेजुङको त्रिवेणी गाउँपालिका–२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई नदीले बगाएको हो ।

Advertisement

तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा काङबाङलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।

स्थानीयबासी र प्रहरीले नदीमा उनको खोजी जारी राखेका छन् । तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement